पाल्पामा जीप दुर्घटना, १० जनाको मृत्यु

पाल्पा– पाल्पाको चिदिसामा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार चिदिसमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमा र २ जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतका अनुसार मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६ कोलाङका ६२ वर्षीय कृष्णबहादुर अस्लामी, अन्दाजी ३२/३३ वर्षका राम बहादुर अस्लामी र उर्मिला अस्लामी रहेका छन् । अन्यको परिचय खुल्न बाँकी छ ।

घटनामा घाइते हुनेको संख्या १८ पुगेको छ । घाइतेहरुको अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको कडायतले बताए । उकालोमा ब्याक गर्ने क्रममा जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×