इपीएल आयोजना गर्न नदिए क्रिकेटको भविष्य अन्धकार

काठमाडौँ - नेपालको सफल फ्रेन्चाइज क्रिकेट एभरेष्ट प्रिमियर लिग (इपीएल) आयोजक र क्लबमालिकहरुले नेपाल क्रिकेट संघ क्यानको ध्यानाकर्षण गराएका छन्।

पाँचौं संस्करणको इपीएल आयोजनका लागि तयारी भइरहेका बेला क्यान आफैले नेपाल टी २० लिग घोषणा गर्दै यो नै आधिकारिक फ्रेन्चाइज लिग भनेपछि ईपीएलका आयोजक र क्लब मालिकहरु आशंकित बनेका हुन्। उनीहरुले नेपालको क्रिकेट विकासका लागि ईपीएलको महत्वपूर्ण भूमिका रहेको छ भन्दै अहिले आएर क्यानले यसलाई नजरअन्दाज गर्न नहुने बताएका छन्। 

काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा इपीएल प्रमुख आमिर अख्तरले नेपाली क्रिकेटको विकासमा लाग्दा लाग्दै पनि निराश बन्नु पर्ने दिन आएको संकेत गरेका छन्। इपीएल विश्वस्तरको प्रतियोगिता भइरहेका बेला क्यानले प्रतियोगिताका लागि समय नदिएको भन्दै आगामी दिनमा क्लब मालिकहरुले क्रिकेटमा के आधारमा लगानी गर्ने भन्दै सोच्नु पर्ने बेला आएको बताएका छन्।

पत्रकार सम्मेलनमा सहभागी क्लब मालिकहरुले  यदि क्यानले इपीएल प्रतियोगितालाई मान्यता नदिने हो भने आगामी दिनमा क्रिकेटमा स्पोन्सर गर्नका लागि आफू मातहत रहने कम्पनीहरुलाई पनि आग्रह गर्न नसकिने चेतावनी दिएका छन्। क्यान आफैले नेपाल टी २० लिग आयोजना गर्ने घोषणा गरिसकेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×