काठमाडौँ। अभिनेता अनमोल के.सीको आउँदो चलचित्र ‘हनी बनी’मा अभिनेत्री सारा सिर्पाली जोडिएकी छिन्। दिवाकर भट्टराईको निर्देशन रहने चलचित्रमा सारा अनुबन्धित भएको जानकारी निर्देशक भट्टराईले दिएका हुन्।
सारालाई अभिनेत्री दीपिका प्रसाईंले प्रस्ताव गरेकी थिइन्। चलचित्रमा अनमोल के.सी र सलोन बस्नेत जोडीइसकेका छन्। अनमोल र साराको जोडी पर्दामा पहिलो पटक देखिन लागेको हो।
चलचिको छायांकन मार्चबाट सुरु हुने बताईएको छ। त्यसैगरि चलचित्र युरोपका विभिन्न देशमा छायांकन गरिने समेत जनाईएको छ। चलचित्र असोज १४ गते प्रदर्शनमा आउने तयारीमा रहेको छ।