असारमा बिहे गर्दै नीता र हरिहर

काठमाडौँ - अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा युवा ज्योतिष हरिहर अधिकारी चाडै नै विवाह बन्धनमा बाधिदै छन्। लभबर्ड नीता र हरीहरले असारको अन्तिम सातामा बिहेको तयारी गरेका हुन्।

अधिकारी र ढुंगानाले आगामी असारको २४ गते विवाह गर्ने भएका छन्। असार २६ गते रिसेप्सन पार्टी हुने बताइएको छ। उनीहरुको विवाह पाँचतारे होटल याक एण्ड यतिमा आयोजना हुने जनाइएको छ। हालसम्म आफुहरुको प्रेमबारे औपचारिक रुपमा सार्वजनिक नगरेका यी दुई विगत ३ बर्षदेखि एक अर्काको प्रेममा रहेको बताइन्छ।

प्रेम सम्बन्धमा रहेपछि नीता र हरिहरले म्युजिक भिडियो, चलचित्रको काम पनि एकसाथ गरिरहेका छन्। यस जोडीले अब नयाँ फिल्म ‘ह्रस्व दीर्घ’ बनाउने तयारी गरेको छ। फिल्मको छायांकन बिहेपछि हुने बुझिएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×