बलिउड फिल्म एनिमलको ‘लुक्स’ परीक्षण गर्न मुम्बई उडे विपिन कार्की

काठमाडौँ - बलिउड फिल्म एनिमलको लुक्स परीक्षणका लागि अभिनेता विपिन कार्की शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन्। भारत प्रस्थान गर्नुअघि कार्कीले आफू त्यहाँ केही दिन रहने र ‘एनिमल’को लागि लुक टेस्ट गर्ने बताएका छन्।

शनिबार मुम्बईमा ‘कवीर सिंह’ फेम्ड निर्देशक सन्दीप रेड्डी भांगालाई भेट्ने योजना रहेको उनले सुनाएका छन्। उनले गत महिना निर्देशक भांगालाई अडियो संवादसहितको डमी पठाएका थिए, जसलाई निर्माण पक्षले रुचाएको जनाइएको छ। रामबाबु गुरुङको निर्देशन रहेको फिल्म फूलबारीको छायांकनबाट समय झिकेर मुम्बई निस्किएकाले उनले ‘एनिमल’का अन्य टिमसँग पनि भेटघाट हुने बताएका छन्।

निर्देशक भांगासँगको भेटपछि मात्र आफूले कहिलेदेखि सुटिङ सेट ज्वाइन गर्ने भन्नेबारे टुंगो लाग्ने उनले बताएका छन्। रणवीर कपुर वा अनिल कपुरमध्ये कोहीसँग स्क्रिन सेयर हुने अनुमान उनले गरेका छन्।

‘प्रसाद २’ निर्माताले निर्माता संघ र कलाकार संघमा उजुरी दिएकोबारे सोधिएको प्रश्नमा विपिनले यसबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×