थानेश्वरको नयाँ गजल ‘बेचेर सपना’ राम्रो चर्चामा

काठमाडौँ- पछिल्लो समय लोकलयमा आधारित गीतको बाढी नै आएको छ। यस्तो अवस्थामा पनि केही गजल तथा शास्त्रीय गीतले भने बजार तताउन सफल भइरहेको देख्न सकिन्छ। यस्तैमा गायक तथा संगीतकार थानेश्वर गौतमको नयाँ गजल ‘बेचेर सपना’ ले पनि बजारमा राम्रो चर्चा पाउन सफल भएको छ। गजलले सामाजिक सञ्जाल, टिकटकदेखि युट्युबको ट्रेन्डिङका समेत ओगट्न सफल भइरहेको छ ।

गजलमा श्रीभक्त पौडेल (आफन्त) को शब्द ,थानेश्वर गौतमकै संगीत र विनोद बाजुरालीको संगीत संयोजन रहेको छ। गीतको भिडियो रामजी लामिछानेले निर्देशन गरेका हुन्। भिडियोमा पुष्प खड्का, सुशीला थापा, स्मारिका ढकाल, कृष्णप्रसाद रेग्मी लगायतको अभिनय देख्न सकिन्छ।  मानकृष्ण महर्जनको छायाङ्कन रहेको भिडियोमा बान्डे प्रसादको सम्पादन रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×