काठमाडौँ - बलिउड अभिनेत्री बिपाशा बसुलाई पुत्रीलाभ भएको छ।
६ वर्षअघि करणसिंह ग्रोवरसँग विवाह गरेकी बसुले शनिबार छोरीलाई जन्म दिएकी हुन्।
बिपाशा र करणले २०१६ मा विवाह गरेका थिए। केही महिनाअघि बिपाशा बसुले एक अन्तर्वार्तामा आफू र करणले छोरी चाहेको बताएकी थिइन्। इच्छाअनुसार नै यो दम्पतीले छोरीलाई जन्म दिएका हुन्।