काठमाडौँ । सर्वोच्चमा भइ रहेको इजलास बहिष्कार तथा कानुन व्यवसायीहरुको आन्दोलनको विरुद्ध उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र नागरिकहरूले सर्वोच्च अदालत घेराउ गर्ने भएको छ।
दिनहुँको इजलास बहिष्कारले आजीत भएका जनताको समस्याहरुको सुनुवाइ होस् भन्दै उनीहरुले सर्वोच्च अदालत घ्राउ गर्ने भएका हुन्। आज बिहान ११ः३० बजे माइतीघर मण्डलामा भेला भइ सर्वोच्च घेराउ गर्ने बताइएको छ। बार एशोसिएसनको आन्दोलन र सर्वोच्चमा भएको बेन्च बहिष्कार तथा बेथितिको विरुद्ध माइतीघर मण्डलामा भेला भइ सर्वोच्च अदालत घेराउ गर्ने उन्नत लोकतन्त्र पार्टीले जानकारी दिएको छ।