काठमाडौं। आईसिसी विश्वकप लिग९२ क्रिकेटअन्तर्गत अहिले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले सातौँ विकेट गुमाएको छ।
ओपनर कुशल भुर्तेल ६६ रन बनाएको अवस्थामा आउट भए । अन्य सबै ब्याटरले राम्रो खेल्न नसकिएरहेका अवस्थामा कुशलले नेपालको स्कोर १०० रनमाथि लगेका थिए।
उनी क्याच आउट भए। नेदरल्याण्ड्सविरुद्ध कुशलले ९३ बलमा ८ चौका सहयोगमा ६६ रन बनाए। उनी ३७ ओभरको तेस्रो बलमा आउट हुन पुगे। नेपालले ३६.३ ओभरमा ७ विकेट गुमाएर एक सय २२ रन जोडेको छ । अहिले गुल्सन झा र आरिफ शेख क्रिजमा छन् ।