अमेरिका। हलिउडकी चर्चित गायिका तथा अभिनेत्री जेनिफर लोपेज अहिले चौथो विवाहको तयारीमा छिन्। हलिउड चलचित्र ‘ब्याटम्यान’का अभिनेता बेन एफ्लेकसँग उनले विवाह गर्न लागेकी हुन्। यसअघि धेरै पटक उनीहरुलाई सार्वजनिक स्थानहरुमा एकसाथ देखिएको छ। हाल लोपेज आउन लागेको चलचित्र ‘म्यारी मी’को प्रचारमा व्यस्त छिन्। सोहिक्रममा उनले आफ्नो विवाहको जानकारी दिएकी हुन्। लोपेज बेन एफ्लेकसँग सम्बन्धमा गाँसिनु अघि ३ पतिसँग सम्बन्धमा बसिसकेकी छिन्।