‘क्राइम पेट्रोल नेपाल' माघ ५ बाट प्रसारणमा आउने

काठमाडौँ। बहुप्रतिक्षित टेलिभिजन कार्यक्रम ‘क्राइम पेट्रोल नेपाल’ अब प्रसारणमा आउने भएको छ। लामो समयको पर्खाईपछी कार्यक्रम माघ ५ बाट प्रसारणमा आउने भएको हो। कार्यक्रम प्रत्येक हप्ताको बुधवार बेलुका ९ बजे ग्यालेक्सी फोर के टेलिभिजनमार्फत प्रसारणमा आउनेछ। अपराध र त्यसको अनुसन्धानसम्बन्धी भारतीय टेलिभिजन कार्यक्रम ‘क्राइम पेट्रोल इण्डिया'लाई आधिकारिक रूपमा नेपाल भित्र्याइएको हो। भारतमा कार्यक्रम सोनी टिभीबाट प्रसारणमा आउने गरेको छ। नेपालको लागि कार्यक्रम सञ्चालक कलाकार दीपक राज गिरी रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×