नेटफ्लिक्सको इतिहासमा दोस्रो सबैभन्दा धेरै हेरिएको सिरिजः डाहमर

काठमाडौँ - नेटफ्लिक्समा रिलिज भएको क्राइम वेब सिरिज डाहमर (डाहमरः मोन्स्टर द जेफ्रि डाहमर स्टोरी) को पहिलो सिजनले स्ट्रिमिङका साथसाथै दर्शक संख्यामा पनि रेकर्ड बनाएको छ।

रिपोर्टका अनुसार यो नेटफ्लिक्सको इतिहासमा दोस्रो सबैभन्दा धेरै हेरिएको सिरिज भएको छ। यो सिरिज डाहमरको वास्तविक जीवनबाट प्रेरित हो। यो सिरिज २१ सेप्टेम्बरका दिन ओटीटी प्लेटफर्ममा स्ट्रिम गरिएको थियो। सिरिज नेटफ्लिक्सको अङ्ग्रेजी टिभी शीर्ष १० सूचीमा लगातार तेस्रो हप्तामा पहिलो स्थानमा रहेको छ। सिरिजले अक्टोबर ३ देखि ९ सम्ममा २०५.३३ मिलियन घन्टाको भ्युअरसिप प्राप्त गरेको छ।

भेराइटी वेबसाइटको रिपोर्ट अनुसार यो आंकडा रिलीजको शुरुवाती दिन देखिको हो। यस दायरामा ‘डाहमर’भन्दा ठीक अगाडि स्ट्रेन्जर थिंग्सको चौथो सिजन रहेको छ। जसले पहिलो २८ दिनमा १.३५ बिलियन घन्टा भ्युअरसिप प्राप्त गरेको थियो। जेफ्री डाहमर अमेरिकाको अपराध इतिहासमा सबैभन्दा क्रृर, निन्दनीय र खतरनाक हत्याराका रुपमा कुख्यात थिए। डाहमेरलाई मानव भक्षकको आरोप पनि लगाइएको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×