फिल्म ‘आरआरआर’ कारण सर्यो ३ ठुला फिल्मको रिलिज मिति

काठमाडौँ। निर्देशक एसएस राजामौली निर्देशित फिल्म ‘आरआरआर’ सन् २०२२ जनवरी ७ मा तेलुगुसँगै हिन्दी भाषामा रिलिज हुँदैछ। यो फिल्मलाई प्रदर्शनको लागि सजिलो बनाउन दक्षिण भारतीय निर्माताले ठूलाे बजेटको फिल्मको प्रदर्शन तत्कालका लागि स्थगित गरेका छन्। 

दक्षिण भारतीय फिल्म उद्योगमा ‘पोंगल त्योहार’को आसपास फिल्म रिलिज गर्ने चलन छ । यही समयमा तीन तेलुगु फिल्म रिलिजको लागि तयारी अवस्थामा थिए। जसमा महेश बाबुको ‘सरकारु वारी पाटा’, दिल राजुको ‘एफ ३’ र चीनाबाबू र पवन कल्याणको ‘भीमला नायक’ थिए। यी तीन फिल्मले तत्कालका लागि रिलिज मिति सारेका छन्।

निर्देशक राजामौलीले तीन फिल्मको रिलिज मिति सारेर सहयोग गरेकोमा आभार व्यक्त गरेका छन्।  राजामौली हालका दिनमा ‘आरआरआर’को प्रमोसनमा व्यस्त छन् । फिल्ममा राम चरन र एनटीआर जुनियर प्रमुख भूमिकामा छन्।,यी बाहेक अजय देवगन र आलिया भट्टको पनि अभिनय छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×