काठमाडौँ - चर्चित रियालटी शो ‘द कपिल शर्मा’ शोमा डा.मशहुर गुलाटीको चरित्रबाट चर्चित सुनिल ग्रोवर पुनः गुलाटीको चरित्रमा पुनरागमन गर्ने भएका छन्।
सोनी टिभीले हालै सार्वजनिक गरेको कमेडी शो ‘इन्डियाज लाफ्टर च्याम्पियन’ को प्रोमोमा सुनिलको डा.मशहुर गुलाटीको रुपमा प्रस्तुति पनि देख्न सकिन्छ। प्रोमोमा उनी डा.मशहुर गुलाटीको रूपमा स्टेजमा प्रवेश गरेका छन्।
अर्चना पूरन सिंह र शेखर सुमन निर्णायक रहेको शोमा सुनिल अर्चना पूरन सिंहसँग फ्लट गरिरहेको समेत देखाइएको छ। दर्शक सुनिल ग्रोवरको यो चरित्र फेरि हेर्न उत्साहित छन्।
सुनिलले २०१६ मा ‘द कपिल शर्मा’ शो छोडेका थिए। यसपछि सुनील ग्रोवरले फिल्म, वेब सिरिज र अन्य प्रोजेक्टमा मात्र ध्यान दिएका थिए। अब भने उनी फेरि पुरानै चरित्रमा देखिने भएका हुन्।