वर्षाका कारण बराबरीमै सकियो इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको वानडे सिरिज

काठमाडौँ - लिड्समा गएरातिका लागि तय भएको खेलमा वर्षा बाधक बन्दा घरेलु टोली इंल्याण्ड र दक्षिण अफ्रिकाबीचको एकदिवसीय सिरिजअन्तर्गत तेस्रो तथा अन्तिम खेल नतिजाविहीन सकिएको छ।

हेडिङ्ले क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको दक्षिण अफ्रिकाले २७.४ ओभरमा २ विकेट गुमाउँदै १५९ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो।

त्यसपछि लगातारको वर्षाका कारण खेल पुनः सुचारु गर्न सम्भव नभएपछि रद्द गरिएको हो। खेल रोकिनुअघि क्विनटन डि कक ७६ बलमा १३ चौकासहित ९२ तथा एडेन मार्करम २४ रन बनाएर खेलिरहेका थिए।

त्यस्तै, रस्सी भान डेर दुसेनले २६ र जान्नेमन मलानले ११ रन जोडेका थिए। इंग्ल्याण्डका लागि डेविड विली र आदिल रशिदले १/१ विकेट हात पारेका थिए।

यो नतिजासँगै ३ खेलको सिरिज १-१ को बराबरीमा सकिएको छ। यसअघि दक्षिण अफ्रिका ६२ तथा इंग्ल्याण्ड ११८ रनले विजयी भएका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×