कार दुर्घटनामा गम्भीर घाइते भएकी हलिउड अभिनेत्री हेचेलाई मृत घोषणा

काठमाडौँ - हलिउड अभिनेत्री एनी हेचेलाई क्यालिफोर्नियाको एक अस्पतालले कानूनीरुपमा मृत घोषणा गरेको छ। तर, अंगदानको निधो नभएसम्म भेन्टिलेटरमै राखिने भएको छ।

आगामी मंगलबारसम्म उनलाई भेन्टिलेटरबाट निकालेर उनका अंगलाई दान दिने तयारीमा परिवार छन्। ‘आज हामीले एक उज्वल प्रकाश, एक दयालु र सबैभन्दा आनन्दित आमा, मायालु आमा र एक बफादार साथीलाई गुमायौं’ हेचेको मतिस्ष्क मृत्यु भैसकेको भन्दै परिवार र साथीहरुले जारी गरेको बिज्ञप्तिमा भनिएको छ।

कार दुर्घटनमा गम्भीर घाइते भएकी अभिनेत्री हेचेलाई ६ दिनअघि अस्पतालमा भर्ना गरिएको थियो। उनी त्यसपछि कोममा गइन् र कहिल्यै फर्किनन।

लस-एन्जल्सस्थित आफ्नो घर नजिक भएको कार दुर्घटनामा हेचे गम्भीर घाइते भएकी थिइन्। सन् १९९७ मा रिलिज भएको फिल्म ‘डोनी ब्रास्को’, ‘आइ नो ह्वाट यू डिड लास्ट समर’का उनका चर्चित फिल्म हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×