प्रियंका कार्कीको घरमा चोरी

काठमाडौँ - अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी भएको छ। प्रहरीका अनुसार प्रियंका-आयुष्मानको भैसेपाटीस्थित घरमा लक्ष्मीपूजाको दिन राति चोरी भएको हो। चोरले लक्ष्मीपूजा गर्न निकालिएको ३० हजार नगद र ५ तोलाजति सुनका गहना लगेको ललितपुर प्रहरी प्रवक्ता एसपी सुधीरराज शाहीले नेपाल प्रेसलाई बताएका छन्।

उनका अनुसार प्रियंका परिवार डिनरका लागि बाहिर गएको मौका पारेर शौचालयको भेन्टिलेसनको सिसा फुटाएर चोर घरभित्र पसेको थियो। प्रहरीले चोरीमा संलग्नको पहिचान भइसकेको भन्दै पक्राउ गर्ने तयारी भइरहेको जानकारी दिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×