पुटिन र म्याक्रोनबीच युक्रेनको अवस्थाबारे छलफल

एजेन्सी - रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार युक्रेनको अवस्थाबारे छलफल गरेका छन्। "फ्रान्सेली पक्षको पहलमा भएको टेलिफोन वार्ताको क्रममा भ्लादिमिर पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनको स्थितिमा गम्भीर र स्पष्ट विचार आदानप्रदान गरेको" क्रेमलिनको विज्ञप्तिमा जनाइएको छ।
सो अवसरमा पुटिनले विशेष सैन्य कारबाही शुरु गर्ने निर्णय गर्नुको कारण र परिस्थितिहरूको विस्तृत व्याख्या गर्नुभएको जनाइएको छ।  दुवै पक्ष निकट सम्पर्कमा रहन सहमत भएको पनि बताइएको छ।
युक्रेनको राजधानी शहरमा रुसी विशेष सैन्य कारबाही दोस्रो दिनमा प्रवेश गर्दा धेरै विस्फोटको आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन्।
सोमबार पुटिनले युक्रेनको अलग क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र हैसियतका रूपमा मान्यता दिएपछि डोनबास क्षेत्रका मानिसहरूलाई "सुरक्षा" गर्न विशेष सैन्य अपरेशनको आदेश दिइएको रुसको दाबी छ।
बेलायत, अमेरिका, क्यानडा र युरोपेली संघलगायत धेरै देशले रुसको सैन्य कारबाहीको निन्दा गरेका छन् र रुस विरुद्ध प्रतिबन्ध लगाएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×