बढ्यो दुधको मुल्य

काठमाडौँ  दूधको मूल्य बढेको छ। सोमवार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले दूधको मूल्यवृद्धि गरेको हो। कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवका अनुसार किसानले पाउने दूधको मूल्यवृद्धि गरिएको हो। मन्त्री यादवले सो मूल्यवृद्धिका लागि मन्त्रालयले गत साता समितिमा सिफारिस गरेको बताए। 

कृषि मन्त्रालयको समितिको सिफारिस गरेको मूल्य सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रति लिटर दूध ७ रुपैयाँ १५ पैसाले वृद्धि गरेको मन्त्री राय यादवले जानकारी दिए। 

अब किसानले प्रति लिटर दूधको मूल्य ५६ रुपैयाँ ४ पैसा पाउनेछन्। आजको राजधानी दैनिकमा खबर छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×