मोरङमा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

मोरङ - मोरङको मिक्लाजुङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। खोलामा विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा यस्तो घटना घट्न गएको हो। 

प्रहरीका अनुसार मोरङको मिक्लाजुङ गाउँपालिका–२ र इलामको चुलाचुली गाउँपालिका–६ को सिमानामा पर्ने नुनसरी खोलामा मिक्लाजुङ–८ का २९ वर्षीय नगेन्द्र बस्नेतको करेन्ट लागेर मृत्यु भएको हो। विद्युत प्रवाह गरेर माछा मार्दै गर्दा करेन्ट लागेर बस्नेत गम्भीर घाइते भएका थिए। घाइते बस्नेतलाई उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएको थियो।

उपचारका क्रममा उनको बिहीबार साँझ ५:५० बजेतिर मृत्य भएको थियो। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×