रियालको संघर्षपूर्ण जित

काठमाडौँ - उपाधि रक्षा अभियानमा रहेको रियाल मड्रिडले आइतबार राति स्पेनिस ला लिगाको पहिलो खेलमा संघर्षपूर्ण जित दर्ता गरेको छ। अल्मेरियाविरुद्ध रियालले पुनरागमनमा २-१ को विजय हासिल गरेको हो।

म्यानचेस्टर युनाइटेडका पूर्वस्ट्राइकर लार्गी रमाजानीको गोलमा घरेलु टोली अल्मेरियाले छैटौँ मिनेटमा अग्रता लिएको थियो। घरेलु टोलीका गोलकिपर फर्नान्डो मार्टिनेजले ६१ मिनेटसम्म रियालका प्रयासको शृंखलाबद्ध रूपमा बचाउ गरेका थिए।

६१औँ मिनेटमा लुकास भाजक्वेजले करिम बेन्जेमाको पासमा गरेको गोलबाट रियालले बराबरी गरेको थियो। ७५औँ मिनेटमा डेभिड अलाबाले बेन्चबाट आएपछि पहिलो टचमै फ्रिकिकमा गरेको गोल रियालको जितमा निर्णायक बन्यो।

बुधबार मात्र यूईएफए सुपर कपमा इन्ट्राचट फ्रांकफर्टलाई हराउँदै उपाधि जितेर रियाल उच्च मनोबलका साथ लिगाको नयाँ सिजनमा प्रवेश गरेको थियो। तर, सन् २०२० मा युनाइटेड छोडेका बेल्जियमका फरवार्ड रमाजानीले अफसाइड ट्यापलाई बिट गर्दै गोल गरेपछि रियाल दबाबमा परेको थियो।

रियालको थुप्रै प्रयासलाई विपक्षी गोलकिपर मार्टिनेजले विफल बनाएका थिए। पहिलो हाफको अन्तिम मिनेटमा भाजक्वेजले गरेको गोल अफसाइड घोषित गरिएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×