औवामियाङद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाडौँ - क्याटलान क्लब बार्सिलोनाका फरवार्ड पिएर एमरिक औवामियाङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। उनले गावोनको राष्ट्रिय टोलीबाट सन्न्यास लिएको पुष्टि गरेका हुन्।

झन्डै १३ वर्ष गावोनको राष्ट्रिय टोलीबाट खेलेका उनी पछिल्लो समय टोलीको कप्तानीसमेत रहेका थिए। ‘१३ वर्ष गावोनको राष्ट्रिय टोलीबाट खेलिसकेको छु। अब मैले बिदा लिने बेला भएको छ। म मेरो अन्तर्राष्ट्रिय करिअर समाप्तीको घोषणा गर्दैछु।’ ३२ वर्षीय औवामियाङले भने, ‘म गावोनी जनता र सबैलाई भन्यवाद दिन चहान्छु, जसले मलाई खराव समयहरुमा पनि निकै राम्रो साथ दिए। म रोमनिस्पोर्ट्समा डेब्यु गरेको दिन, वा म फर्केको दिनको धेरै राम्रा सम्झनाहरू राख्नेछु।’

‘म हाम्रो राष्ट्रपति, अली बोङ्गो ओन्डिम्बालाई धन्यवाद दिन्छु जसले सधैं प्यान्थर्सलाई समर्थन गर्नुभएको छ र सधैं हाम्रो देशमा फुटबलको विकासको लागि काम गर्नुभएको छ। म मेरा सबै प्रशिक्षकहरूलाई पनि धन्यवाद दिन चाहन्छु।,  “अन्तमा, म मेरो बुबालाई धन्यवाद दिन्छु जसले मलाई उहाँ जस्तै गर्ने इच्छा दिनुभयो, उहाँलाई हाम्रो रंग लगाएर गर्व गर्नुहुनेछ।’ औवामियाङले लेखेको पत्रमा उल्लेख छ।

बार्सिलोना फरवार्ड औवामियाङले गावोनको राष्ट्रिय टोलीबाट ७२ क्याप जित्दा ३० अन्तर्राष्ट्रिय गोल गरेका छन्। वर्षको सुरुवातमा अफ्रिका कप अफ नेसन्सको समूह चरणबाटै बाहिरिएपछि उनले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिदै अब क्लब फुटबलमा ध्यान केन्द्रित गर्ने बताएका छन्।

सन् २००९ मा फ्रान्सको यु–२१ टोलीबाट खेलेका औवामियाङले त्यसपछि गावोनको यु–२३ टोलीबाट खेलेका थिए। ४ जनवरी २०२२ मौरितानियासँगको मैत्रीपूर्ण खेल नै राष्ट्रिय टोलीबा औवामियाङको अन्तिम खेल बनेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×