च्याम्पियन्स लिगमा रियल म्याड्रिडकाे रोमाञ्चक जित

काठमाडौँ - च्याम्पियन्स लिग फुटबलमा रियाल म्याड्रिडले लगातार तेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्ने क्रममा गएराति घरेलु मैदानमा सम्पन्न खेलमा रियालले साख्तार डोनेस्कलाई २–१ ले हराएको हो।

रियालको जितमा रोड्रिगो र भिनिसियस जुनियरले १/१ गोल गरेका थिए। साख्तारका लागि ओलेसान्द्र जुब्कोभको १ गोल फर्काएका थिए।

यो जितपछि रियाल नकआउट चरण नजिक पुगेको छ। समूह एफ’ मा रहेको उसले ३ खेलमा ९ अंक जोडेको छ। ऊ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको शाख्तरले ४ अंक जोडेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×