काठमाडौँ। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गतको खेलमा टोटेनहमले लिड्स युनाईटेडलाई २–१को गोल अन्तरले पराजित गरेको छ। आइतबार राति भएको खेलको ४४औं मिनेटमा ड्यानियल जेम्सले पहिलो गोल गरेका थिए र लिड्सलाई अग्रता दिलाएका थिए। त्यसैगरि टोटेनहमका लागि इमिलले ५८औं मिनेटमा र सेर्जियो रेगुइलोनले ६९औं मिनेट गोल गर्दै २–१ को अन्तर बनाएका थिए।र, सोहि गोलअन्तर नै अन्तिम नतिजा बन्यो जसले टोटेनहमलाई जीत दिलायो। टोटेनहमको १९ अंक रहेको छ भने लिड्सको ११ अंक छ।