जेनजी आन्दोलनका बीच झापामा सात जना फरार कैदी पक्राउ, दुई महिला आफैं सम्पर्कमा

झापा । जेनजी आन्दोलनकै बीच मुलुकका विभिन्न कारागारबाट भागेका सात जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। २४ भदौमा काठमाडौँको केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट फरार भएका पाँच पुरुष र दुई महिला पक्राउ परेका हुन्।

सुन्धाराबाट भागेका गौरादह–५ की २८ वर्षीया रुकसार खातुन र एकसरा खातुन आफैं प्रहरीसमक्ष उपस्थित भएका थिए। कास्की कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दाका कनकाई–६ का ३३ वर्षीय दिनेश सोरेनलाई घरमै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको छ।

त्यसैगरी, नेपालबाट भागेर भारतको किशनगञ्ज पुगेका २३ वर्षीय नवलकिशोरलाई भारतीय प्रहरीले पक्राउ गरी केचनास्थित इलाका प्रहरी कार्यालयमा बुझाएको हो। सुनसरीको झुम्का कारागारबाट भागेका जबर्जस्ती करणी मुद्दाका कैदी ४५ वर्षीय बलबहादुर राईलाई भने परिवारले प्रहरीलाई बुझाइदिएको छ। बाँकी दुई जना सुन्धारा कारागारबाट फरार कैदी पनि पक्राउ परेका छन्।

यसरी सात जना फरार कैदीलाई नियन्त्रणमा लिँदा प्रहरीलाई स्थानीयको सूचना, परिवारको सहयोग र अन्तर्राष्ट्रिय समन्वयले भूमिका खेलेको देखिन्छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×