काठमाडौँ। 'आउन आमा नजिकै छौ भने' बोलको नयाँ लोक गीत युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा शान्ती श्री परियार र आयुषा गौतमको आवाज रहेको छ। त्यसैगरि रमेश बिजीको शब्द, पशुपती शर्माको संगीत र बिनोद बाजुरालीको संयोजन रहेको छ। दुर्गा पौडेलको निर्देशनमा तयार भएको गीतको भिडियोमा आयुषा गौतम, सुशील पोखरेल, अंशु महर्जन, डिसेन्ट पौडेल र सबिता पौडेलको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'गुड लक् नेपाल'बाट सार्वजनिक गरिएको हो।
भिडियो: