सरकारबाट एमालेलाई हटाएकाले मुलुकको समृद्धि रोकियो : ओली

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकांक्षा पूरा गर्ने आफ्नो पार्टीको अभियानमा एकजुट भई सहयोग गर्न आग्रह गरेका छन्।

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले मुलुकमा सुव्यवस्था स्थापना गर्दै नागरिकको समृद्धिका लागि काम गरिरहेका बेला संवैधानिक प्रबन्धको गलत व्याख्या गरी सरकारबाट बाहिर पुर्‍याइएकाले त्यो अभियान अवरुद्ध भएको बताएका छन्। त्यो अवरुद्ध अभियानलाई पूरा गर्न सबैको योगदान आवश्यक रहेकाले सहयोग गर्न ओलीले आग्रह गरेका छन्।

‘नेकपा (एमाले)ले सरकारको नेतृत्व गरिरहँदा नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकांक्षा पूरा गर्न आफ्ना हरेक क्षण‚ सम्भावना र सामर्थ्यको सदुपयोग गरेको थियो‚’ ओलीको शुभकामनामा भनिएको छ‚ ‘संवैधानिक प्रबन्धको गलत व्याख्याद्वारा हामीलाई सरकारबाट बाहिर पुर्‍याइएपछि अवरुद्ध हुन पुगेको समृद्ध नेपाल‚ सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने हाम्रो अभियानलाई हामी अझ सवल रुपमा अगाडि बढाउन चाहन्छौं।’

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×