काठमाडाैँ - अमेरिकी बिलिनियर्स टोड बोहलीले प्रिमियर लिग क्लब चेल्सी किनेका छन्। बिलिनियर्स टोडले ४.२५ विलियन पाउण्डमा चेल्सी खरिद गरेका हुन्। चेल्सीले शनिबार एक विज्ञप्ति जारी गर्दै टोडको नेतृत्वमा रहेको कम्पनिले क्लब किनेको जनाएको छ।
चेल्सीले जारी गरेको विज्ञप्तिमा नयाँ मालिकले चेल्सीको शेयरका लागि २.५ विलियन तिर्नुपर्ने उल्लेख गरिएकाे छ। रोमनले २००४ मा चेल्सी किनेका थिए। उनीमाथि बेलायतमा बस्न प्रतिबन्ध लागेको छ।