मनोज र करुणाले ल्याए कौडा गीत ‘जूनै टिपेर’ 

काठमाडौं - गायक मनोज थापा र  गायिका करुणा पुनको सुमधुर स्वरमा सजिएको ‘जूनै टिपेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मगर तथा गुरुङ समाजको परिचय झल्काउने कौडा शैलीको यस गीतमा शब्द, संगीत स्वयम् गायिका पुनको रहेको छ । गीतलाई देबेश राईले संगीत संयोजन गरेका हुन् । मौलिक संस्कृतिमा आधारित रहेर तयार पारिएको म्युजिक भिडियोमा आनन्द गुरुङ र चाहना मगरको अभिनय रहेको छ ।

मनोज कार्कीको सम्पादन गरेको  भिडियोलाई मौसम हिमालीको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो । भिडियो गायक थापाको आधिकारिक च्यानल ‘मनोज थापा मगर’ मार्फत सार्वजनिक भएको हो । यसअघि गायक थापाको स्वरमा रहेको जारी फिल्मको ‘रीत’ बोलको गीत दर्शक स्रोता  माझ लोकप्रिय छ । निर्माण टिमले दर्शक, स्रोता तथा मिडिया हाउसलाई  नयाँ भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×