काठमाडौँ - जिम्बावेसँगको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बङ्गलादेश १ सय ५ रनले विजयी भएको छ।
हरारेमा बङ्गलादेशले दिएको २ सय ५७ रनको लक्ष्य पछ्याएको जिम्बावे ३२ ओभर २ बलमा १ सय ५१ रन बनाउँदा अलआउट भयो। उसका लागि रिचार्ड नगार्भाले नटआउट ३४ रन बनाएका थिए। बलिङतर्फ बङ्गलादेशका मुस्ताफिजुर रहमानले ४ तथा ताइजुल इस्लाम र एबादत्त होइसनले २/२ विकेट लिएका थिए।
यसअघि पहिले ब्याटिङ गरेको बङ्गलादेशले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५६ रन बनाएको थियो। उसका लागि अफिफ होसिनले नटआउट ८५ र अनमुल हकले ७६ रन बनाएमा थिए। बलिङतर्फ जिम्बावेका ब्राड इभान्स र लुके जाेङ्गेले २/२ विकेट लिएका थिए।
खेल हारे पनि ३ खेलको शृङ्खला जिम्बावेले २-१ जितेको छ। यसअघि भएको टी-२० शृङ्खला पनि जिम्बावेले नै जितेको थियो।