काठमाडौँ। लोकप्रिय गायक प्रमोद खरेल र गायन रियालिटी शो 'द भ्वाइस किड्स'बाट चर्चामा आएका बालगायक जेनिश उप्रेतीको आवाज रहेको गीत 'बाटो' सार्वजनिक भएको छ। गीतमा भुपेन्द्र खड्काको शब्द रहेको छ भने भानु भक्त ढकालको संगीत तथा गोपाल रसाइलीको संयोजन रहेको छ।
बालगायक जेनिश उप्रेतीको वास्तविक घट्नामा आधारित गीतको भिडियो गायक प्रमोद खरेलको कन्सेप्ट तथा निर्देशनमा तयार भएको हो। भिडियोमा लक्ष्मी बर्देवा, जीवन ओली, सुनिल नेपाली, भानु भक्त ढकाल, कृष्ण गरिब, लोकराज अधिकारि, अश्विनी बर्देवा, मंजु खरेल, बिमला सुवाल, मनोज जोशी, रमेश उप्रेती, अमृता सिंह ठकुरी साथै बाल कलाकार जेनिश उप्रेतीसँगै रोनें बस्नेत र आहाना आचार्यको अभिनय रहेको छ। गीतको भिडियो गायक प्रमोद खरेलकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: