काठमाडौँ - साउथ फिल्मकी चर्चित अभिनेत्री काजल अग्रवाल आमा बनेकी छिन्। उनले सिङ्घम चलचित्रमार्फत् बलिउडमा पनि डेब्यू गरेकी थिइन्। सुन्दरता र अभिनयमा आफ्ना समकालीन सबैलाई मात दिने काजल आमा पनि बनेकी छिन्।
काजलले छोरालाई जन्म दिएकी छिन्। काजल आफैँले यसबारे औपचारिक रूपमा केही बताएकी छैनन्। तर भारतीय सञ्चारमाध्यमहरूले भने प्राथमिकताका साथ यसबारे समाचार बनाइरहेका छन्। गत जनवरी १ मा काजलले आफू गर्भवती भएको जानकारी दिँदै बेबी बम्प देखिने गरी सामाजिक संजालमा तस्बिर शेयर गरेकी थिइन्।
सन् २०२० को अक्टुबरमा काजलले गौतम किचलूसँग विवाह गरेकी थिइन्।