इन्द्रावती ६ का युवाहरुद्वारा ‘नो भोट अभियान’

सिन्धुपाल्चोक - स्थानीय तहको चुनावको चहलपहल देश भरी चलिरहेको छ। देशभरका गाउँगाउँमा उमेदवारहरु भोटमाग्दै हिँडीरहेका छन्।

यसै चुनावी प्रसंगमा राजनैतिक दल तथा स्थानीय प्रतिनिधिहरुले पहिले गरेका काम प्रति असन्तुष्ट जनताहरुको पनि देशमा कमी छैन। कोही सहि उमेदवार छानेर भोटहाल्ने सोचमा छन् भने केही असन्तुष्ट जनता भोट नै नहाल्ने सोचमा समेत पुगेका छन्।

यसै बिच सिन्धुपाल्चोक जिल्ला इन्द्रावति गाउँपालिकाका केही युवाहरु भने 'नो भोट अभियान' नै चलाइ रहेका छन्। 

२०७२ साल बैशाख १२ गतेको महाभुकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक जिल्लामा अझैपनि धेरै पीडितहरु आवास निर्माणबाट बञ्चित रहेको अवस्था रहेको कारण यो अभियान संचालनमा ल्याएको युवाहरुले बताएका छन्। भुकम्पपछि सरकारले एक मापदन्डमा घर बनाउनको लागि लाभाग्राही सूचिकृत गरि राष्ट्रिय भुकम्प प्राधिकरण मार्फत प्रति पीडित परिवार तीन लाख अनुदानबाट लगभग घरधुरी निर्माण सम्पन्न गरी प्राधिकरण खारेज भइसक्दा पनि इन्द्रावती गाउँपालिका वडा नं ६ मा पर्ने तीनघरे, वितलप र बसन्तपुर क्षेत्रमा तत्कालिन अवस्थामा लाभग्राही सूचिकृत गर्दा दलिय संयन्त्रले सिफारिस गर्दा गरेका गल्ती र राजनीतिक दलले गरेको पक्षपातपूर्ण व्यवहारका कारण नो भोट अभियान सञ्चालन गर्नुपरेको समेत युवाहरुले जानकारी दिए।

युवाहरुले एक विज्ञप्ति निकाल्दै उक्त अभियानमा साथ र समर्थन गर्न टोल तथा वडावासीहरुलाई आहवान समेत गरेका छन्। यस अभियानमा उक्त क्षेत्रबाट १५० भन्दा बढी युवाहरुले साथ र समर्थन जनाइसकेका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×