धरान एक्स्पोको अन्तिम दिन फागुन २४ गते गंगा बरदानको सहयोगार्थ कार्यक्रम 

काठमाडौँ - सुनसरी उधोग बाणिज्य संघको आयोजनामा गत फागुन ११ गतेदेखि  धरान रंगशालामा आयोजना भईरहेको धरान एक्स्पोको एकदिन समय थप गरी फागुन २४ गते बिहीवार बरिष्ठ लोकगायक गंगा बरदानको आर्थिक सहयोगार्थ् समर्पित गरिने भएको छ । 

बरिष्ठ लोकगायक गंगा बरदानको लागि गरिने उक्त च्यारिटी कन्सर्टमा चर्चित पप गायक धीरज राई, चर्चित गायिका मिलन नेवारसंगै स्थानीय कलाकार आस्था एण्ड द  ब्रदस र शिर्षक एण्ड द फ्रेन्ड्सजको प्रस्तुति रहनेछ भने गंगा बरदानको समेत सो कार्यक्रममा प्रस्तुति रहनेछ ।  

लुकी लुकी आँखा तिमी, तिम्रा नयन, तिमी रुंदा, सोइ ढोले सोई, जाउ समाऊ, हिमाल नझुके सम्म जस्ता थुप्रै चर्चित गीतहरु रहेका छन् । पछिल्लो समय बुद्ध नेपालमा जन्मेका हुन् भन्ने अभियानमा उनी बिश्व संगीतयात्रामा छन् । त्यस्तै  जहिले सम्म संसारमा, गाला रातै, इट्स स्लोली, फुलबुट्टे सारी, सुनसान रातमा, जनम जनम जिउला लगायतका थुप्रै गीतहरु चर्चित छन् । भोइस अफ नेपालका कोच समेत रहेकी मिलनको टिमको बिनोद राई बिजेता भएको थियो । 
 
छपनीले छान छान डबकीले हान, कहाँमा काट्यो बेतको लौरी, बजारै भरौन धरानै, सिमसिम पानी, माया गर्ने बानि, जीउको मासु, धराने हावा जस्ता थुप्रै चर्चित गीतहरुका सर्जक तथा गायक गंगा बरदान उमेरले ७१ बर्ष काटिसकेका छन् भने संगीत क्षेत्रमा ५० बर्षे लामो यात्रा तय गरिसकेका छन् । भोजपुरको दिङ्ग्लामा जन्मेका गायक बरदान श्रीमतीका साथ धरान –१४ विजयपुरमा भाडामा बसेका छन् । आर्थिक अवस्था कम्जोर भएकोले सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापन तथा सेवक अभियान र धरान संगीत प्रतिष्ठानको संग्लनतामा कार्यक्रम आयोजना गरिन लागेको हो । कार्यक्रमबाट उठेको सम्पूर्ण रकम गंगा बरदानले मासिक रुपमा पाउने गरि स्थानीय बैंकमा जम्मा गरिने आयोजकले जनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×