काठमाडौँ - हराएको तारा एयरलाइन्सको विमान खोज्न नेपाली सेनाको एमआई ५७ हेलीकप्टर काठमाडौंबाट उडेको छ।
नेपाली सेनाका प्रवक्ता सैनिक सहयाक रथी नारायण सिलवालका अनुसार सेनाको हेलिकप्टर उद्धार टोली लिएर मुस्ताङको लेतकाका लागि उठेको छ। नेपाली सेनाको राउण्डको टोली मुस्ताङको घाँसाबाट पनि रेस्कूयू टोली घटनास्लमा गएको जानकारी आएको छ।
उक्त विमान घोडेपानी क्षेत्रबाट १०:०७ मा अन्तिमपटक सम्पर्क भएको थियो।