काठमाडौँ - ब्राजिलका मार्सल आर्टका वर्ल्ड च्याम्पियन एकजना खेलाडीलाई प्रहरीले गोली हानेको छ। बीबीसीका अनुसार ब्राजिलका मार्सल आर्ट खेलाडी लियन्द्रो लोमाथि साओपाउलोको १ नाइट क्लबमा प्रहरीले गोली हानेको हो।
गोली लागेर घाइते भएका ३३ वर्षीय लियन्द्रोलाई अस्पताल भर्ना गरिएको छ। डाक्टरहरुले उनको ब्रेन डेथ भएको बताएको बीबीसीले जनाएको छ।
ड्युटीमा नरहेका १ जना प्रहरी अधिकृतले उनीमाथि गोली हानेर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन्। लो जियु-जित्सु एथलिट च्याम्पियनसिपको हालसम्मकै सफल खेलाडी मानिन्छ। यो विधामा उनि ८ पटक विश्व विजेता बनिसकेका छन्।
जियु-जित्सु ब्राजिलको १ मार्सल आर्ट र कोम्ब्याट स्पोर्ट हो। यो ग्राउण्ड फाइटिङ र सबमिशन होल्डमा आधारित रहेको छ। उनको हत्याको कोसिस गरिएको घटनामा प्रहरीले अनुसन्धान थालेको छ।