आईपीएलमा बेंग्लोरसँग हार्‍यो चेन्नई

काठमाडौँ- हर्षल पटेलले महत्त्वपूर्ण तीन विकेट लिएपछि रोयल च्यालेन्जर्स बैंग्लोरले बुधबार राति इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सलाई १३ रनले हराएको छ।

पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसनको मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो। पूरा ओभर खेल्दै चेन्नईले ८ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो।

जितसँगै बैंग्लोरले ११ खेलबाट १२ अंक जोडेको छ। बैंग्लोर चौथो स्थानमा उक्लिएको छ। १० खेलबाट ६ अंकसहित चेन्नई नवौँ स्थानमा छ।

चेन्नईका लागि डेभोन कोन्वेले सबैभन्दा धेरै ५६ रन बनाए। मोइन अलीले ३४ रन जोड्दा रुतुराज गायकवाडले २८ रनको योगदान गरे।

बैंग्लोरका हर्सल पटेलले ३ विकेट विकेट लिए। ग्लेन म्याक्सवेलले २ विकेट लिए। शाहबाज अहमद, जोश हाज्लेउड र वानिन्दु हसरंगा डी सिल्भाले एक/एक विकेट लिएका थिए।

त्यसअघि, बैंग्लोरका लागि महिपाल लोमरोरले ४२ रन बनाए। फाप डुप्लेसिसले ३८ रन जोड्दा विराट कोहलीले ३० रनको योगदान गरे। दिनेश कार्तिकले २६ र रजत पटीदारले २१ रन बनाएका थिए।

चेन्नईका महिशले ३ तथा मोइन अलीले २ विकेट लिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×