रक्षामन्त्री रिजालले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

काठमाडौँ । रक्षामन्त्री मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले नेपाली कांग्रेसको महामन्त्री पदमा पराजित भएसँगै राजीनामा दिने घोषणा गरेका थिए ।
महामन्त्रीको अन्तीम मत परिणाम सार्वजनिक भएसँगै सिंहदरबार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई उनले राजीनामा पत्र बुझाएका हुन् । 
महामन्त्रीको पदमा नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएका छन् । थापा र रिजालले शेखर कोइरालाको प्यानलबाट उमेदवारी दिएका थिए ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×