त्रिभुवन राजपथमा यातायात सञ्चालन

बुधबार बिहानदेखि अवरुद्ध रहेको त्रिभुवन राजपथमा यातायात सेवा सञ्चालन भएको छ । वर्षा र हिउँका कारण बुधबार बिहानदेखि बन्द रहेको त्रिभुवन राजपथ सडकखण्ड हिउँ पन्छाएसँगै सञ्चालनमा आएको हो । मङ्गलबार रातिदेखि परेको वर्षासँगै हिउँ परेपछि सो सडकमा यातायात सेवा अवरुद्ध भएको थियो ।

बुधबार रातिदेखि वर्षा रोकिएपछि बिहीबार बिहानैदेखि सडक खुलाउने प्रयास भएको थियो । सडकमा भएको हिउँ पन्छाएर यातायात सेवा सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

थाहा नगरपालिकाको सीमभञ्ज्याङ, दामन र अघोरलगायतका स्थानमा परेको हिउँ जेसिबी लगाएर पन्छाएपछि बिहीबार साँझ ५ः३० बजेबाट दुईतर्फीरूपमा यातायात सेवा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए । सडक सञ्चालनमा आएसँगै सो क्षेत्रमा रोकिएर बसेका सवारी गन्तव्यतर्फ पठाइएको उनले बताए ।

इलाका प्रहरी कार्यालय पालुङको सक्रियतामा थाहा नगरपालिका समन्वय र डिभिजन सडक कार्यालय मकवानपुर जेसिबी प्रयोग गरेर सडकको हिउँ हटाइएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×