अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत

काठमाडौँ। अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत भएकी छिन्। केहि समयअघि भएको महाधिवेशनमा राप्रपाको महामन्त्री पदका लागि नेत्री कुन्ति शाहीसँग उनी पराजित भएकी थिइन्। 

अध्यक्ष राजेन्द्र लिङ्देनले उनीसहित १४ जना महिलालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन्। उनी तेस्रो बरियतामा रहेकी छिन्। उनीसँगै लीलादेवी श्रेष्ठ, विन्दु पौडेल, प्रेक्षा मल्ल, मीना झा, सन्तोषी शाही ठकुरी, स्वाती थापा, पुष्पा रजौरिया, लक्ष्मी तण्डुकार, समृद्धि राणा, मीना न्यौपाने, शान्ति माया गुरुङ, जयाकुमारी महतो र सावित्रा थापा मनोनीत भएका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×