भारत। बलिउड अभिनेत्री केटरिना केफ अहिले विक्की कौशलसँग विवाह गर्ने कुराले चर्चामा छिन्। खबरका अनुसार केटरिनाले ९ डिसेम्बरमा विक्कीसँग राजस्थानमा विवाह गर्दैछिन्। हालै प्राप्त खबरका अनुसार विवाहपछी केटरिनाले १५ डिसेम्बरबाट निर्देशक श्रीराम राघवनको चलचित्र 'मेरी क्रिसमस'को शूटिंग सुरु गर्नेछिन्। सुत्रका अनुसार चलचित्रको शूटिंग १५ डिसेम्बरबाट मुम्बईमा सुरु हुनेछ। केटरिनाले निर्माताहरुलाई आफ्नो समय दिइसकेकी छिन्। चलचित्रमा केटरिनासँग दक्षिण भारतीय चलचित्रका अभिनेता विजय सेतुपति पनि देखिनेछन्। चलचित्रको निर्माण रमेश तौरानीले गर्नेछन्।