मत गणना अपडेट : देउवा र काेइरालाबीच कडा प्रतिस्पर्धा, ३१ सय मतगणना हुँदा ३२८ मतकाे फरक

काठमाडाैं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ । ३१८१ मत गणना भएको छ । सुरुदेखि नै अग्रता लिइरहेका शेरबहादुर देउवाले १५०६ मत पाएका छन् भने शेखर कोइरालाले ११७८ मत पाएका छन् ।

त्यस्तै, प्रकाशमान सिंहले २५४ र विमलेन्द्र निधिले १७३ मत पाउँदा कल्याण गुरुङले १५ मत पाएका छन् । बदर मतको संख्या ५६ छ ।

हालसम्म देउवा र काेइरालाकाे मतान्तर ३२८ रहेकाे छ ।

कसले कति मत पाए?

मतगणना – ३१८१
कल्याण गुरुङ – १५
विमलेन्द्र निधि – १७३
प्रकाशमान सिहं – २५४
डा. शेखर कोइराला – ११७८
शेर बहादुर देउवा – १५०६

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×