एपीएफ 'डिसक्वालिफाई' हुँदा आर्मीलाई स्वर्ण

पोखरा - शीर्ष स्थान हात पार्ने अवस्थामा रहेको नेपाल एपीएफ क्लब 'डिसक्वालिफाई' भएपछि महिलाको ४x४०० मिटर रिले दौडमा त्रिभुवन आर्मी क्लबले स्वर्ण जितेको छ।

५ सय २० मिटरमा भन्दा अगाडी नै खेलाडीले लेन परिवर्तन गर्दा एपीएफ डिसक्वालिफाई भएको पदाधिकारीहरूले बताएका छन्। त्यसपछि आर्मीले स्वर्ण हात पारेको हो। आर्मीको टिममा सरस्वती भट्टराई, जयरानी थारु, निर्मला थापा र कलेसी चौधरी रहेका थिए। उक्त टिमले निर्धारित दूरी ४ मिनेट ०२.७८ सेकेन्डमा पुरा गरेका थिए।

यता लुम्बिनी प्रदेशको निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारुको टिमले ४ मिनेट १४.८० सेकेन्डमा रजत जितेको छ।

त्यसैगरी, बागमती प्रदेशको अन्जु खड्का, रजिता दुलाल, स्वागता खाइजु र सन्तोषी श्रेष्ठको टिमले ४ मिनेट र २२.७९ सेकेन्डमा कास्य हात पारेको छ।पुरुषतर्फ पनि आर्मीले स्वर्ण जितेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×