एट्लेटिकोको जितमा ग्रिजमनको दुई गोल

काठमाडौँ - फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनको दुई गोल सहयोगमा एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा झिनो जित निकालेको छ। एट्लेटिकोले घरेलु टोली रियल बेटिसलाई २-१ ले पराजित गरेको हो।

घरेलु टोलीका नविल फेकिरले एक गोल फर्काएका थिए। सेभियामा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो हाफको शुरुमै रियल बेटिसका लुइज हर्नान्डेजले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा घरेलु टोली अग्रता लिनबाट चुक्यो। ५४औं मिनेटमा ग्रिजमनले गोल गर्दै एट्लेटिकोलाई १-० को अग्रता दिलाएका थिए। ७१औं मिनेटमा ग्रिजमनले व्यक्तिगत र टोलीका लासग दोस्रो गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर पारेका थिए। उनले म्याथिअस कुन्हाको पासलाई सदुपयोग गरेका थिए।

८४औं मिनेटमा नविल फेकिरले फ्रिकिकबाट सिधै गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा एट्लेटिको विजयी हुन सफल भयो।

यस जितसँगै एट्लेटिको ११ खेलबाट २३ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। समान २३ अंक न रहेपनि रियल सोसिडाड चौथोमा झरेको छ। पराजित रिल बेटिस २० अंक जोडेर पाँचौं स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×