काठमाडौं - पोखरा थन्डर्सलाई पेनाल्टी शुटआउटमा हराउँदै धनगढी एफसी नेपाल सुपर लिगको फाइनलमा पुगेको छ ।
आज सोमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको पहिलो क्वालिफायरमा पोखरालाई पेनाल्टी शुटआउटमा ४–३ गोलले हराउँदै धनगढी उपाधि नजिकै पुगेको हो ।