काठमाडौँ। ‘सप्तरङ्ग–३’ सातै प्रदेशमा हुने जनाइएको छ। काठमाडौँमा सोमबार एक कार्यक्रमबिच यो कुराको जानकारी दिइएको हो। गृष्मा ब्रोर्डकास्टिङको आयोजनामा हुन गइरहेको कार्यक्रमको मूल आशय ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाई लाई जनमानसमा कला मार्फत प्रष्ट्याउनु' रहेको छ। मङ्सिर २४ गतेदेखि काँकडभिट्टाबाट सुरु हुन गइरहेको कार्यक्रम पुस ९ गते पोखरामा सम्पन्न हुनेछ। काँकडभिट्टा पछी मङ्सिर २६ जनकपुर , २८ चितवन, पुस १ नेपालगन्ज, ३ सुर्खेत,५ धनगढीमा कार्यक्रम हुनेछ। कार्यक्रममा अभिनेता राजेश हमाल , गायक बद्री पङ्गेनी , प्रमोद खरेल , रामकृष्ण ढकाल, अनिल सिंह , हास्य कलाकार सन्दीप छेत्री , राजा राजेन्द्र पोखरेल गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेती आदि कलाकारहरु सहभागी हुनेछन्। कार्यक्रमको होस्ट निता प्रधान , विवेक खतिवडा र नरेश भट्टराई रहेका छन्।