नवौं राष्ट्रिय खेलकुदका लागि एनआरएनएको खेलाडी दर्ता समय थप

काठमाडौँ - नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गैर आवासीय नेपाली संघ एनआरएनए स्पोर्टसले खेलाडी दर्ताको समय थप गरेको छ।

जेठ २२ देखि २८ गतेसम्म आयोजना गर्ने गरि मन्त्रिपरिषद्ले निर्णय गरे पनि पछिल्लो समय तयारी पूरा नहुने अवस्थाका कारण प्रतियोगिता केही पर धकेलिने खबर छ। तर, राष्ट्रिय खेलकुद परिषदबाट औपचारिक जानकारी नआएकोले एनआरएनए स्पोर्टसले आफ्नो तयारी तीब्र गतिमा अघि बढाइरहेको एनआरएनएका कार्यबहाक सदस्य सचिव धर्मराज गिरीले जानकारी दिएका छन्। 

एनआरएनएले पहिलो पटक आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएको भन्दा यस पटक धेरै खेलमा सहभागीता जनाउने बताइएको छ। १८ खेलमा सहभागीता जनाउने गरि विभिन्न देशका एनसीसीहरुलाई खेलाडी दर्ताका लागि आह्वान गरिएको थियो।

अहिले धेरै एनसीसीहरुले खेलाडी दर्ताको काम गरिरहेको बताउँदै केही खेलाडीहरु छुटेको कुरा आए पछि आगामी मे ३१ तारिखसम्म खेलाडी दर्ता गराउन आह्वान गरिएको कार्यबहाक सदस्य सचिव गिरीले बताएका छन्।   

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×