‘स्पाइडर मेन’ अभिनेत्री जेण्डेयाले निर्देशनमा डेब्यु गर्दै

काठमाडौँ - ‘स्पाइडर मेनः नो वे होम’की अभिनेत्री जेण्डेयाले निर्देशकको रुपमा डेब्यु गर्ने भएकी छिन्।

जेण्डेयाले चर्चित सिरिज ‘युफोरिया’को तेस्रो सिजनको निर्देशन गर्दै निर्देशनमा डेब्यु गर्ने भएकी हुन्।

भोग इटालियासँग गरेको कुराकानीमा जेण्डेयाले आफूले दोस्रो सिजनकै छैटौं एपिसोड निर्देशन गर्ने तयारी रहेको पनि खुलाएकी छिन्।

तर, आफूले सिरिजको उक्त एपिसोडमा अभिनय पनि गरिरहेकाले उक्त एपिसोडको निर्देशनका लागि तयारी गर्न नपाउँदा सो योजना असफल भएको थियो।

अब भने आफूले तेस्रो सिजनको कुनै एपिसोडको निर्देशन गर्ने पक्का भएको बताएकी छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×