कर्णालीका मुख्यमन्त्री शाही र प्राधिकरणका निर्देशक घिसिङबीच भेटवार्ता

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङबीच आज भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा कर्णालीमा विद्युत् प्रसारण लाइन विस्तारमा देखिएका समस्या र समाधानका विषयमा छलफल भएको छ।

भेटका क्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा विद्युत् उत्पादनको सम्भावना धेरै भए पनि हाल आठ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको बताए। उनले अहिलेको ३३ केभी प्रसारण लाइनका कारण कर्णालीवासीले विद्युत्को ठूलो समस्या भोगिरहेको बताए। शाहीले १३२ केभी प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न आग्रह गरे। उनले जनसङ्ख्यालाई हेरेर योजना बन्ने गरेको बताउँदै त्यो कर्णालीका लागि अन्याय हुने बताए।

निर्देशक घिसिङले एक वर्षभित्र कर्णालीमा १३२ केभी प्रसारण लाइन पुर्याउने, कैलालीको सोल्टा र दाङ हुँदै सल्यानबाट समेत ३३–३३ केभी प्रसारण लाइन ल्याउने प्रक्रिया सुरु गरिएको बताए। यस्तै उनले कर्णालीका साविकका पाँच जिल्लामा दुई–दुई मेगावाटका सोलार प्लान्ट स्थापना गर्ने प्रक्रियाको पनि थालनी गरिएको जानकारी दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×