भारत। बलिउड कलाकार वरुण धवन र कृति सेननको आउँदो चलचित्र 'भेडिया'को पहिलो झलक सार्वजनिक गरिएको छ। यो कुराको जानकारी वरुण धवनले स्वयम् बिहिबार आफ्नो सामाजिक सञ्जालको माध्यमबाट दिएका हुन्। पोस्टरको क्याप्सनमा उनले लेखेका छन् "पेश छ 'भेडिया'को पहिलो झलक। चलचित्र २५ नोभेम्बर २०२२मा सिनेमाघरमा रिलिज गरिनेछ। अमर कौशिकको निर्देशनमा बनेको चलचित्र हरर कमेडी विधामा आधारित रहेको छ। चलचित्रमा वरुण धवन र कृति सेननका अलावा दीपक डोबरियाल र अभिषेक बनर्जी पनि मुख्य भूमिकामा रहेका छन्।
